थाक्सिनलाई दिएको शाही पदवी राजाद्वारा फिर्ता



पोखरा

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गरेका छन् ।

भ्रष्टाचारको अभियोग लागेकाले उनलाई दिइएको मानपदवी फिर्ता लिनुपरेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “राजा माहा वाजिरालोङकोर्नले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई प्रदान गर्नुभएको शाही मानवदवी फिर्ता लिन शाही निर्देशन जारी गर्नुभएको छ ।”

थाइल्याण्डमा संसदीय निर्वाचन भएको एक हप्ता नसकिँदै राजाले थाक्सिनको मानपदवी खोसेका हुन् ।

थाक्सिनलाई सन् २००८ मा प्रधानमन्त्री रहेकै बेला विवादास्पद भ्रष्टाचारको अभियोग लगाई सेनाले नै सत्ताच्यूत गरेको थियो । उनी त्यतिबेलादेखि नै विवादास्पद भ्रष्टाचारको अभियोगका कारण स्वेच्छिक निर्वासनमा बस्दै आएका छन् ।

भ्रष्टाचारको अभियोगमा उनलाई अदालतले कम्तीमा दुई वर्ष जेल बस्नु पर्ने फैसला सुनाएको थियो । तर सिनावात्राले भने आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका छन् ।

थाइल्याण्डमा गत आइतबार भएको संसदको निर्वाचनमा थाक्सिनको समर्थन रहेको फिउ थाइ पार्टीले नै सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ ।

सैनिक शासकको समर्थन रहेको पालङ प्रचा रथ पार्टीले भने सबैभन्दा धेरै मत पाएको छ ।

कूल ५०० स्थान रहेको संसदमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा विजय हासिल गरेको छ भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।

थाइल्यान्डको संसदको तल्लो सदनमा ३५० जना प्रत्यक्ष निर्वाचित र १५० जना पार्टीबाट निर्वाचित गरी ५०० जना सांसद रहन्छन् भने माथिल्लो सदनमा २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले नै सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।

पटक पटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकता माथि भने विभिन्न क्षेत्रबाट अहिले पनि प्रश्न उठाइएको छ ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा, कतिपय स्वतन्त्र अन्तरराष्ट्रिय पर्यवेक्षकलगायतले मतदान र मतगणनामा त्रुटी रहेको दाबी गरेका छन् । उनीहरुले देशव्यापीरूपमा मतदातालाई लोभ, त्रास र प्रभावमा पारेको बताएका छन् ।

विवादका बीचमा पनि नतिजा सार्वजनिक भएको छ भने सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् ।

सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको फिउ थाइ पार्टीकै नेतृत्वमा गठबन्धन गराइएको हो । गठबन्धनले चाडै नै सरकार बनाउने प्रयास गर्ने नेताले बताएका छन् ।

सो गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा सुदारात केयुराफानलाई अगाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja