नेविसङ्घद्वारा कारवाहीको माग



पोखरा

नेपाल विद्यार्थी सङ्घले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ ।

नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो ।

नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले नियमविपरीत ३९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको जानकारी दिए।

“कलेजहरु शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोको रुपमा विकास हुँदै गएकाले हामी आन्दोलन गर्न बाध्य भएका हौँ”, उनले भने। क्याम्पसमा भर्ना गराउने तर परिक्षा दिनबाट बञ्चित गराउने राज्यको नीति ठिक नभएको उनको भनाइ छ ।

विद्यार्थीहरुले सात लाख शुल्क तिरेर पढेपनि परीक्षा दिन भने पाएका छैनन् । पीडित विद्यार्थीको भविष्ण् सुनिश्चित नगरेसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने नेता त्रिपाठीले बताए। विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा नेविसङ्घका ११ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja