अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

धवलागिरि अञ्चल अस्पताल बागलुङको आज अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताए। उनले हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत आवश्यक पर्ने भन्दै सबैलाई मिलाएर लैजान सकेमा मात्र निश्चित उद्देश्य प्राप्त हुने बताए।

मुख्यमन्त्री गुरुङले अस्पतालका सबै विभागको अवलोकनपछि अरुले भनेर सहयोग गर्नुभन्दा आफूले देखेर अनुभवका आधारमा सहयोग गर्दा सहयोगको सही सदुपयोग हुने भएकाले अस्पतालको अनुगमन गर्न आएको बताएका थिए।

अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति तथा भौतिक सुधारका लागि सहयोग गर्न मुख्यमन्त्री गुरुङलाई आग्रह गरेका थिए।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताए। अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja