मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा



पोखरा

अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए।

राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कङ्ग्रेसमा सहमति जुट्न सकेको छैन ।

विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार ९भिटो० प्रयोग गरेको भन्दै अदालतमा उजूरी समेत दिएको छ ।

अमेरिकी गृह विभागले रक्षा मन्त्रालयलाई मेक्सिको सीमामा ९२ किलोमिटर पर्खाल निर्माण गर्न अनुरोध गरिसकेको छ । प्रस्तावअनुसार पर्खाल निर्माणसँगै सडकको स्तरोन्नति गर्ने तथा तारबार र प्रकाशको उचित व्यवस्था गरिने छ ।

ह्वाइट हाउसले सन् २०२० को बजेट प्रस्तावमा पर्खाल निर्माणका लागि महत्वाकाँक्षी करिब ९ अर्ब डलर माग गर्ने तयारी गरेको छ । यसै वर्ष राष्ट्रपति ट्रम्पले करिब ६ अर्ब डलर माग गरेका थिए। तर अमेरिकी संसदले राष्ट्रपतिको उक्त प्रस्ताव अस्वीकार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja