काठमाण्डौँको धुलो आजदेखी ब्रुमरले बढार्ने



पोखरा

काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि  ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने बताएको छ ।

महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ । ती ब्रुमरहरु एक साताअघि इटालीबाट काठमाडौं ल्याइएका हुन् । यसमा महानगरपालिकाले झण्डै ११ करोड रुपैँया खर्च गरी ल्याएको जनाएको छ । यसले काठमाण्डौँको टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्ने बताइएको छ । यसमा पानी र धुलो दुई ट्यांकीहरु छन् । धुलो टिपेपछि ब्रुमरले पानी पनि छर्किन मिल्छ । नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन् । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।

कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर लगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja