खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण
पोखरा
पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ ।
गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार औसतमा पाँच जना मध्ये एक जनामा अर्थात् पाकिस्तानका करिव दुई करोड जनामा कुपोषणको समस्या रहेको छ ।
“देशमा खाद्यपदार्थको अभाव त छैन, तर पनि यति धेरै मानिसमा कुपोषण देखिएको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।
देशका खाद्यपदार्थ पर्याप्त भएपनि आर्थिक सामाजिक कारणले कतिपयको पहुँचमा नभएको विज्ञहरुले बताएका छन् ।
“पाकिस्तानमा खाद्य सुरक्षाका लागि चार पक्ष छन्, एउटा पक्ष उपलब्धता हो भने दोस्रो पक्ष पहुँच, तेस्रो पक्ष उपयोगीता र चौथो पक्ष स्थीरता हो,” एक जना बरिष्ठ अर्थविद् तथा अनुसन्धानकर्ता डा अम्ब्रीन फतिमाद्वारा बताइयो।
यसको अर्थ पाकिस्तानका धेरै जनालाई पर्याप्त खाद्य पदार्थको उपलब्धता अभाव रहेको छ ।