जिम्बाबेमा बाढी र तुफानका कारण दुई लाख प्रभावित



पोखरा

जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन् ।

प्रारम्भिक विवरणमा प्रभावितहरुको संख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरुको संख्या बढेको देखिएको हो ।

डब्लुएफपीका प्रवक्ता हेर्भे भेर्हुसेलले दिएको जानकारी अनुसार जेनेभामा प्राप्त विवरणमा रातारात प्रभावितहरुको संख्या बढेको उल्लेख छ ।

मोजाम्बिकको सीमा क्षेत्रमा पर्ने चिमानीमानीमा बाढी र तुफानले “धेरै खराब” अवस्था सृजना गरेको उनले बताए। “जिल्लाको झण्डै ९० प्रतिशत प्रष्ट क्षति भएको छ, उनले भने।”
जिम्बाबेको राज्यद्वारा सञ्चातिल प्रसारण संस्था जेडबीसीले मृत्यु हुनेहरुको संख्या सयबाट बढेर १३९ पुगेको छ ।

राष्ट्रसंघले बाढीबाट प्रभावित भएकाहरु मध्ये ४० हजार जना विस्थापित भएको पनि जनाएको छ ।

सरकारी अधिकारीहरुले भने प्रभावितहरुको संख्या छ लाख पुगेको दावी गरेको पनि प्रवक्ता भेर्हुसेलले बताए।

उनले भने, “तर प्रभावितहरुको संख्या हामीले भने भन्दा अवश्यपनि बढिरहेको छ ।”

 

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja