मन्त्रिमण्डल पुनः गठन हुनुपर्छ : वरिष्ठ नेता नेपाल



पोखरा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन् ।

क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी’को शुभारम्भ कार्यक्रमपछि सञ्चारकर्मीको जिज्ञासामा नेता नेपालले भने, “यसबीचको कामको मूल्याङ्कन गर्ने समय आएको छ । एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुनः गठन हुनु उपयुक्त छ । प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरू जानकारी छैन ।” प्रदेश नं २ मा बाहेक छ वटा प्रदेशमा नेकपाले नेतृत्व गरिरहेको छ ।

नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि एकताले पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले पार्टीमा विधि र प्रणालीसहित छलफलको परम्पराले निरन्तरता पाउनुपर्नेमा पनि जोड दिए ।

अर्काे प्रसङ्गमा नेता नेपालले विखण्डनको कुरा गर्ने सिके राउत नेतृत्वको गठबन्धनलाई मूल धारमा ल्याउने सरकारको सोच सही भए पनि त्यसमा विश्वस्त हुने वातावरण सम्बन्धित पक्षले गराउनुपर्ने बताए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि उसलाई मूलधारमा ल्याउने ढोका बन्द नभएको तर्क गरे ।

उनले जनतामा उत्पन्न त्रासको वातावरण र लगानीकर्तालाई निरुत्साहित गर्ने काम हुन नहुने पनि जनाए । शुभारम्भ कार्यक्रममा नेता नेपालले दूरदर्शीताको अभाव, व्यक्तिगत सङ्घीर्णता, स्वार्थ र भ्रष्टाचारका कारण विकासमा बाधा हुने गरेकाले देशले परिवर्तन र विकास खोजेकाले सञ्चार क्षेत्रले विकासमा बाधक तत्वलाई चिनाई सकारात्मक पक्षलाई पनि उत्तिकै स्थान दिनुपर्नेमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालको जोड थियो ।

 

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja