जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो



पोखरा

जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा मङ्गलबार सञ्चारकर्मीसँग गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिँदै गएको बताएका हुन् ।

जल तथा ऊर्जा आयोगका सहसचिव डा ऋषिराम शर्माले पानी धेरै पर्नु वा धेरै खडेरी पर्नु जलवायु परिवर्तनको मुख्य लक्षण भएको बताए। “जलवायु परिवर्तनका कारण प्रतिवर्ष ०।०५६ सेल्सियस तापक्रम बढ्दै गएको छ”, उनले भने। जलवायु परिवर्तनका कारण हिमतालहरुमा पानीको सतह बढ्दो क्रममा रहेको उनको भनाइ थियो ।

स्मल अर्थ नेपालका अनुसन्धानकर्ता पियुष दाहालले तापक्रम बढ्नु र सुक्खा क्षेत्र बढ्नु जलवायु परिवर्तनको कारण भएको बताए। “जलवायु परिवर्तनका कारण पछिल्लो समय मुलुकमा वर्षा कम हुँदै गएको छ”, उनले भने।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहका संयोजक महेन्द्रबहादुर गुरुङले राज्यको सचेतना बढाउन, चुनौतीको बारेमा छलफल गर्न, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्न सप्ताह मनाइएको जानकारी दिए।

नेपाल वातावरण पत्रकार समाजका अध्यक्ष सुवोध गौतमले नेपाली सञ्चारमाध्यममा वातावरण प्रदूषण र जलवायु परिवर्तनका बारेमा कलम चलाउने पत्रकारको कमी रहेको उल्लेख गरे। उनले नेपाली सञ्चारमाध्यममा राजनीतिक मुद्दाले प्राथमिकता पाएको वर्तमान अवस्थामा वातावरणका मुद्दालाई राजनीतिसँग जोडेर लेख्न पत्रकारलाई सुझावसमेत दिए।

वरिष्ठ पत्रकार विकास थापाले जलस्रोतको बारेमा नेपाली सञ्चारमाध्यममा धेरै मुद्दा उठाउन सकिने उल्लेख गरे। सरकारले विश्व पानी दिवस तथा विश्व मौसम दिवसका अवसरमा यही चैत ३ गतेदेखि नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ अन्तर्गत विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja