मोजाम्बिकमा सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आशंका



पोखरा

मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ ।

जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिएका छन्।

आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा यस प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार भन्दा बढी भएको मोजाम्बियाली राष्ट्रपति फिलिपे नुसीले राष्ट्रका नाममा गरेको सम्बोधनमा जनाएका छन्।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधी र त्यसपछि बन्दरगाह सहर बेयरामा आएको बाढीको कारण कैयौँ किलोमिटर सडक र घरहरु नै बगाएको छ ।

गत बिहीबारदेखि भीषण वर्षासहितको आँधीले क्षति पु¥याउन थालेको थियो तर उद्वारकर्ता भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् ।
इडाइ नामक यस आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भइसकेको बताइएको छ । बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताएका छन्।

राष्ट्रपतिले गरेको हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताएका छन्।
करिब पाँच लाख मानिस बसोवास गर्ने बेयरामा आँधीकै कारण ९० प्रतिशत घरहरू ध्वस्त भएको देखिएको छ ।
विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति नपु¥याएको कुनै एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताएको बताइएको छ ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja