प्राकृतिक व्यवस्थापन कलेज पुरञ्चौरप्रति नेविसंघको ध्यानाकर्षण



पोखरा ।

नेपाल बिद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेजले सोमबार डिनको कार्यालय रामपुर , पोखरा लेखनाथ महानगरपालिकाको कार्यालयको नाममा विज्ञप्ति निकालेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरन्चौर मा रहेको नेपाल विद्यार्थी संघले विभिन्न निजी कलेज सम्बन्धनको बिरोध देखि बिद्यार्थी का हकहितमा तत्पर रहँदै क्याम्पस को चौतर्फी विकासमा टेवा पुर्याइरहेको छ भने उक्त विज्ञप्तिमा अधिनायकवाद सरकारले गर्दा चारैतिर असर परिरहेको परिवेशमा देश विघटन,द्वन्दको आवाजले चर्कीरहेको सन्दर्भमा यस प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरन्चौरलार्इ पनि आफ्नो अधिनमा राख्ने क्रमले गर्दा क्याम्पस सञ्चालनमा बाधा आएको प्रष्ट देखिएको छ भन्दै नेपाल बिद्यार्थी संघले आफ्नो ध्यानाकर्षण गराएको जानकारी दिएको छ । नेपाल बिद्यार्थी संघले विज्ञप्ति प्रकाशित गर्दै ५ (पाँच) बुँदे माग अघि सारेको छ। क्याम्पस प्रमुख को सरुवा के कारणले? कुन मनसायले हुन गइरहेको भन्दै प्रश्न सोधिएको साथै अहिले निर्माण भइरहेको भवन प्राविधिक रुपमा कमजोरी देखिए पनि निरन्तर काम अघि बढिरहेको प्रति ने बि संघले आपत्ति जनाउँदै प्राविधिक रुपमा छानबिन गर्न आग्रह गरेको छ ।

बुदा ३ मा पनि कार्यालय मा कार्यरत कर्मचारी प्रतिस्पर्धा रुपमा नआएको कारण प्रश्न राखेको छ । क्याम्पस प्रमुख अभिभावक को भुमिका निर्वाह गर्दै पढाइ को गुणस्तर का लागि मरिमेट्ने क्याम्पस प्रमुखको प्रशंसा पनि गरेको छ ,ने बि संघ इकाई उपाध्यक्ष र सचिवद्वारा हस्ताक्षर गरेको उक्त विज्ञप्ति बुझाउदै इकाई सचिव ले उक्त माग पुरा नभएमा आन्दोलन गर्न पनि सक्ने चेतावनी दिदै विज्ञप्ति निकालेको भने।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja