सिके राउतसँग भएको रातारात सम्झौता देशका लागी घातकः शुक्रराज शर्मा



पोखरा आज
पोखरा, ३ चैत्र ।

 

नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं क्षेत्र नं. ३ बाट सांसदका उम्मेदवार अनुभवी एवं क्षमतावान नेता शुक्रराज शर्माले सिके राउतजस्तो विखण्डनकारीसँग सरकारले छलफल र अभ्यासबिनै बहुमतको सरकारको दम्भ देखाएर रातारात जुन सम्झौता गर्यो, त्यो सम्झौता देशका लागी घातक भएको बताउनुभयो ।

पोखराआज अनलाइनसँग कुरा गर्दै उहाँले अर्को प्रसंगमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर गल्ति गरेको बताउनुभयो । उहाँले गिरीराप्रसाद कोइरालाले तत्कालीन सरकार र युद्ध जारी राखेको माओवादीबिच वार्ताको प्रकृयाद्वारा शान्ति प्रकृयामा लगेको कुराको उदाहरण दिँदै यो सरकारले पनि विप्लव माओवादीको समस्यालाई वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनुभयो । प्रजातन्त्रमा कुनै पार्टिलाई प्रतिबन्ध लगाउन नमिल्ने कुरा पनि उहाँले बताउनुभयोे ।

अन्त्यमा रेशम चौधरी जेल सम्बन्धमा उहाँले सरकारले चौधरीलाई कहिले जेल हाल्ने त कहिले शपथ खुवाउने कार्य गरी नाटकीय शैली देखाएको बताउनुभयो । रेशम चौधरीको बारेमा अदालतले जे निर्णय गर्छ त्यसैलाई मान्नुपर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja