हेलिकप्टर दुर्घटनामा ६ जनाको शव फेला
पोखरा, १५ फागुन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सवार हेलिकप्टर ताप्लेजुङ जिल्लामा आज दुर्घटना हुँदा हालसम्म ६ जनाको शव फेला परेको छ । ७ जनामध्ये ६ जनाको शव फेला परेको हो । ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको बताइन।
उनले दुर्घटनास्थलमा तीन वटा जलेको शव फेला परेको र अरु विवरण आउन बाँकी रहेको जानकारी दिइन। शव डढेका कारण पहिचान हुन सकेको छैन । दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट आज बिहान ८ बजे गएको थियो ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । हेलिकप्टरमा युवराज दाहाल, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ र अर्जुन घिमिरे चढेका बताइएको छ । चालक प्रभाकर केसी थिए।
रासस