भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी



पोखरा आज/रासस/सिन्ह्वा
पोखरा, १५ फागुन ।

पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान पाकिस्तानभित्र नै खसेको बताएका छन्। उनले अर्को भारतीय युद्धक विमान भारत नियन्त्रित काश्मिरमा खसेको बताए।

यद्यपी भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् ।

पाकिस्तानले पुरानो तस्वीर टेलिभिजनमा देखाएर पाकिस्तानी जनतालाई शान्त गराएको र भारतलाई तर्र्साएको भारतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja