मौसम बदली : वर्षा र हिमपातको सम्भावना



पोखरा, १५ फागुन ।

पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु एकपछि अर्को निरन्तर भित्रिरहँदा लामो समयसम्म घाम लाग्न सकेको छैन । आज पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भइरहेको छ ।
मङ्गलबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु आज मध्यरातिदेखि विस्तारै सुदूरपश्चिमबाट कम हुँदै पूर्वबाट बाहिरिने मौसमविद्को भनाइ छ । यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको महाशाखाले जनाएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार देशका पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja