सावित्राको उत्कृष्ट प्रदर्शन, नेपाल ३–० इरान



पोखरा, २ फागुन ।

 

भारतमा जारी हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानमाथि शानदार जित हात पारेको छ। फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले ३-० ले पराजित गरेको हो। जितसँगै नेपालको फाइनल प्रवेश सम्भावना बलियो बनेको छ।

भारतको उडिसा स्थित कालिङ्गा रंगशालामा सम्पन्न खेलमा नेपाललाई विजयी गराउन सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गरिन्। उनले नेपालका लागि २ गोल गर्दा अनिता बस्नेतले एक गोल गरिन्। नेपाललाई खेलमा अग्रता भने अनिताले दिलाएकी थिइन्। उनले खेलको ४१ औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै सावित्राले ५९ औं र ८९ औं मिनेटमा गोल गरिन्। सावित्राले यसअघि भारत विरुद्धको खेलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेकी थिइन्। जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ। नेपाल पहिलो खेलमा म्यानमारसँग पराजित भएको थियो।

इरान र भारत विरुद्धको खेल जितेपनि नेपालले फाइनल प्रवेश गर्न भारत र म्यानमार बीच हुने खेलको नतिजा कुर्नुपर्नेछ। यी दुई बीचको खेल केही समयमै सुरु हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja