पोखराको लेकसाइडमा १४ वर्षिय बालकको घाँटी रेटेर हत्या



पोखरा, २९ माघ ।

पोखराको लेकसाइडमा एक १४ वर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ। लेकसाइड हल्लनचोकस्थित निर्माण भइरहेको एक घरमा सचिन सिञ्जालीको मंगलबार बिहान हत्या भएको अवस्थामा शव फेला परेको हो।

पाल्पा घर भइ लेकसाइडमा परिवारसँग बस्दै आएका सिञ्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए।

उनले बालकको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुनसक्ने बताए। हत्यामा संलग्नको परिचय खुलिसेकोको र छिट्टै प्रक्राउ पर्ने बताए। घटना राति नै भएको थाहा पाएपछि प्रहरीले घट्नास्थल सुरक्षीत राखेर हत्यामा संलग्नको खोजी गरेको थियो।

घटना राति करिब १ बजेको समयमा भएको हुनसक्ने प्रहरीको भनाई छ। प्रहरीले बिहान कुकुरसहितको टोलीले खोजतलास गरेका थियो। कुकुरले घटना भएको ठाउँबाट माथि करिब बुलौदीसम्म पुगेर फर्किएको प्रहरीको भनाई छ। हत्यामा आशंका गरिएका २ जनामाथि अनुसन्धान गरिरहेको जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja