थाई राजकुमारीको उम्मेदवारी खारेज



पोखरा, २९ माघ ।

थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारी उबोलरतना महिडोलको उम्मेदवारी रद्ध गरेको छ। राजा माहा वाजिरालोङकोर्नकी ६७ वर्षीया दिदी उबोलरतनाले शुक्रवार ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी थिइन।  

उबोलरतनाको उम्मेदवारीमा राजा वाजिरालोङकोर्नले असन्तुष्टि जनाएपछि निर्वाचन आयोगले राजसंस्थाभन्दा माथि राजनीति नहुने भन्दै उम्मेदवारी खारेज गरेको अल जजिराले जनाएको छ। आयोगले उबोलरतनालाई प्रधानमन्त्री हुन अयोग्य ठहर गरेपछि उनको उम्मेदवारी खोसिएको हो।

राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलीय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई थियो।  
तत्कालिन राजा भूमिबोल अदुल्यादेज र रानी सिरिकितको जेठी सन्तान उबोलरतनालाई सन् १९७२ मा राजपदवी दिइएको थियो। उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्यागेकी थिइन। तर जेन्सेनसँग उनको सम्बन्ध विच्छेद भएपछि थाइल्यान्ड फर्केकी थिइन। त्यसपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यको सम्मान दिइएको छ। 

फेरि पनि राजपरिवारकै सदस्य भएको व्यक्ति दलीय राजनीतिमा संलग्न हुनु थाई संस्कृति र मान्यताअनुसार उपयुक्त नहुने राजाले बताएका थिए। शाही दरबारद्धारा जारी वक्तव्यमा राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने उल्लेख गरिएको छ। 

आउँदो मार्च २४ का दिन हुने आम निर्वाचनमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने प्रस्तावलाई राजकुमारी उबोलरतनाले शुक्रबार स्वीकार गरेकी थिइन। थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना थियो। 

थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन्।  थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ।

 

 

nagariknews

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja