इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु



पोखरा, १० माघ ।

इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

यस बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा भीषण रुपमा परेको पानी र हावाहुरीपछि इडोनेसियाको दक्षिण भागमा पर्ने नौ ओटा जिल्लाका केही नदी समेत बन्द हुन पुगेका थिए । त्यसपछि आएको बाढी पहिरोको कारण हजारौँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।

उक्त द्वीपका नौ ओटा जिल्लाको विभिन्न स्थानमा अविरल वर्षा र बाढीको कारण जलमग्न भएपछि तीन हजार भन्दा बढी नागरिक विस्थापित हुन पुगेका छन् । यसका साथै कम्तीमा ४६ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

यस बाढीका कारण आवासीय र सरकारी भवनहरु, विद्यालय र पुल क्षतिग्रस्त भएको बताइएको छ । बाढीका कारण अझै पनि केही व्यक्तिहरु वेपत्ता भएको अनुमान गरिएको छ । इन्डोनेसियामा बाढी र पहिरो बारम्बार आउने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja