स्ववियु निर्वाचन फगुन १४ मा हुनेः त्रिविले थाल्यो तयारी



पोखरा आज/रासस

पोखरा, ८ माघ ।

स्ववियु निर्वाचन फगुन १४ मा हुने भएको छ । यसको लागी त्रिविले तयारी थालेको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आशन्न स्ववियु निर्वाचनका लागि अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखसँग सोमबार छलफल गरेको हो । त्रिविले आउँदो फागुन १४ गतेका लागि निर्वाचन तोकेको छ ।

शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफलमा तोकिएको जिम्मेवारी पूरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुमा सुझाव प्रस्तुत गरिएको थियो ।

बैठकमा उपकुलपति डा तीर्थराज खनियाँले उम्मेदवार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकाले यो निर्वाचनलाई नियमित प्रक्रियाका रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसलाई भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja