बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश



पोखरा, ४ माघ । 

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो लिगमा घरेलु टोली बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गर्दै समग्रमा ४–२ गोलअन्तरको जित निकालेर क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले यसअघिको पहिलो लिगमा भने २–१ गोलअन्तरको हार ब्यहोरेको थियो ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको जितमा औस्माने डेम्बेलेले दुई गोल गर्दा कप्तान लियोनल मेस्सीले एक गोल गरे ।
खेलको ३०औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपनि वित्न नपाउँदै डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाए ।
पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । बार्सिलोनाका लागि ५४ औं मिनेटमा कप्तान मेस्सीले गोल गरे ।

 

onlinekhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja