फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
पोखरा, ४ माघ ।
संसदीय सुनवाइ विशेष समितिले फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
विहीवार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाममाथि सुनुवाइ गर्दै अनुमोदन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले भर्खरै फ्रान्स र थाइल्याण्डसहित विभिन्न देश तथा नियोगका लागि ५ जनालाई राजदूतमा सिफारिस गरेको थियो। सभापति कर्णका अनुसार अन्य ३ जनाको सुनवाइ माघ ८ गतेको बैठकमा गरिने छ।