मध्यरातमा डा. केसीलाई काठमाडौं ल्याइयो



पोखरा आज
पोखरा, ४ माघ ।

आमरण अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ ।

डा. गोविन्द के.सी. ९ दिनदेखी इलाममा अनसनरत थिए । बिचमा उनी बोलिचाली गर्न र हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका थिए । त्यसबेला उनलाई जिल्ला अस्पतालमै उपचार गराइयो । तर , बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका आधारमा उनलाई काठमाण्डौँ लैजाने तयारी गरियो ।

रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था थिएन । त्यसैले इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइयो ।भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं ल्याइएको छ । डा। केसी पौने चार बजेतिर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja