पर्वत बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
पोखराआज
पोखरा,३ माघ ।
पर्वतमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ भने २० जना घाइते छन् । घाइतेहरुको अहिले धौलागिरी अञ्चल अस्पताल, बाग्लुङमा उपचार भइरहेको छ ।
विहीवार विहान बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा सडकबाट १०० मिटर तल खसेर बस दुर्घटना भएको थियो । अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन र बसमा कति यात्रु थिए र दुर्घटनाको कारण पनि खुलेको छैन ।