गण्डकी प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरुले ११ महिना बित्दासम्म पनि सम्पत्ति सार्वजनिक गरेनन्



पोखरा आज
पोखरा, २ माघ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरुले ११ महिना बित्दासम्म पनि सम्पत्ति सार्वजनिक नगरी आफैँले बनाएको आचारसंहिता उलंघन गरेका छन् ।

गत साल २ चैतमा मन्त्रिपरिषद् बैठकले ३० बुँदे मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता २०७४ जारी गरेको थियो। सो आचारसंहिताको ८ नम्बर बुँदामा ‘मन्त्रिपरिषदमा नियुक्त भएको मितिले ६० दिनभित्र प्रचलित कानुनबमोजिम सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ’ भन्ने उल्लेख छ । तर मन्त्रीहरुले आफुले बनाएको आचारसंहिता आफैले उलंघन गरेका छन् ।

आजसम्म ११ महिना बितिसक्यो तरै पनि मुख्य मन्त्रीसहित प्रदेशका सातै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । कानुनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहेको मितिले ६० दिनभित्र सार्वजनिक गर्ने र त्यसपछि हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफू र परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने उल्लेख छ । तोकिएको समयभित्र सम्पत्ति विवरण पेस गर्न नसक्ने सार्वजनिक पद धारणा गरेको व्यक्तिले त्यस्तो विवरण पेस गर्न नसक्नाको कारण उल्लेख गरी म्याद थपका लागि अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा ३० दिनसम्मको म्याद थप गर्न सक्ने प्रावधान छ । थप गरेको समयभित्र पनि सम्पत्तिको विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरी निज र निजको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्ने उल्लेख छ ।

गण्डकी प्रदेशमा गतसाल फागुन ४ गते मन्त्रिपरिषद विस्तार भएको हो। । मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले सपथ लिएर सोही दिन रामशरण बस्नेतलाई उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्ति गरेका थिए । सोही दिन बेलुका दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गदै हरिबहादुर चुमानलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र लेखबहादुर थापालाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिएका थिए । तर, उनीहरूले पनि अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मुख्यमन्त्री गुरुङले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरी किरण गुरुङलाई आर्थिक मामिला तथा योजना, नरदेवी पुनलाई सामाजिक विकास र विकास लम्साललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja