वाइडबडि प्रकरणमा हतासमा संसदलाई बाईपास गरेर सरकार अगाडि बढेकाले थुप्रै आशंका जन्माएको छः कांग्रेस नेता प्रकाशमान सिंह



पोखरा, ३० पुस ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कैलालीमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उच्चस्तरीय आयोग भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिने नियतका साथ गठन भएको हुनसक्ने आशंका गरे ।

वाइडबडी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा संसदको क्षेत्राधिकारलाई नाघेर छुट्टै उच्चस्तरीय आयोग गठन गरिएको भन्दै उनले आपत्ती जनाए । वाइडबडीबारे छानबिन गर्न संसदको लेखा समितिले कांग्रेस नेता राजेन्द्र केसीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वपर्यटनमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देवलाई समेत कारबाही गर्न सिफारिस गरेको थियो । यो प्रतिवेदनमा भएका विषयहरु लेखा समितिमा पेश हुनु अगाडि नै लिक भएको थियो र, सरकारले छुट्टै उच्चस्तरीय आयोग गठन गरेको छ । ‘हतासमा संसदलाई बाईपास गरेर सरकार अगाडि बढेकाले थुप्रै आशंका जन्माएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja