डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्था खस्किँदैः के.सी.लाई अस्पताल लगियो



पोखरा आज
पोखरा, ३० पुस ।

१६ औँ अनसनमा रहेका डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्था एकदम खस्किएको कारणले उनलाई जिल्ला अस्पताल इलाम लगिएको छ ।

लगातार ६ दिनदेखी अनसन बसेका के.सी.को स्वास्थ्यमा शनिबारदेखी बोल्नै नसक्ने, उठेर बस्नै नसक्ने गरी गिरावट आएको कारण उनलाई अस्पताल लगिएको हो । के.सी.को शरीरमा रक्तचाप र ग्लुकोजको मात्रा घटेको कारण उनको स्वास्थ्य अवस्था खस्केको हो । तर अहिलेसम्म केसी र उनको अभियानका अभियन्ता कसैलाई पनि सरकार पक्ष र संसदीय समितिका पदाधिकारीलगायत कसैले सम्पर्क गरेका छैनन्।

डा.के सी आफ्ना मागप्रति प्रतिबद्ध र जुनसुकै हालतमा पनि पूर्वसहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन दबाब दिने अडानमा रहेका छन् । डा. केसीले अघि सारेका ६ मागहरुमा सरकारले साउन १० मा गरेको सम्झौता पालना गर्नुपर्ने, चोरबाटोबाट दिन लागिएको सम्बन्धन रोक्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरा लगायतका स्थानमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारवाही हुनुपर्ने, द्वन्द्वकालका अपराधीमाथि तत्काल फौजदारी मुद्दा चलाइनुपर्ने र काठमाडौं विश्वविद्यालयले मेडिकल शिक्षामा विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja