दाँतको ख्याल कसरी गर्ने ?



पोखरा आज
पोखरा १५ पुस ।

दाँत एउटा शरीरका संवेदनशील अंगहरुमध्ये एक हो । यसको ख्याल गर्न एकदम आवश्यक हुन्छ । यसका लागि तलका टिप्स अपनाउन सकिन्छ :

१. दाँत र गिजा एक अर्काका परिपुरक हुन्, त्यसकारण दाँत माझ्दा गिजा पनि माझ्नुपर्छ र दाँतको परिक्षण गराउँदा गिजाको पनि परिक्षण गराउनु पर्छ ।

२. आजकाल धेरै मानिसहरुमा गिजाबाट रगत आउने गिजा सरेको र दाँत किराले खाएको जस्ता समस्या देखिएको छ । धेरै मानिसहरुको दाँत हल्लेर झरेको समाचार सुनिन्छ । बास्तवमा दाँत झरेको नभई गिजाले ठाँउ छाडेको हो । जसलाई दाँत झरेको भनेर बुझ्ने गरिन्छ । दाँतलाई गिजाले बाधेर राखेको हुन्छ दाँत र गिजाको बिचमा पनि फोहोर जम्दै गएपछि गिजाले दाँतलाई छोड्छ र दाँत हल्लिने,झर्ने समस्या हुन्छ । त्यसकारण दाँतको मात्र ख्याल गर्नपट्टि नलागी गिजाको पनि ख्याल गर्नुपर्छ ।

३. दाँतमा किरा लाग्नु अर्थात दाँतकालो हुनुको मुख्य कारण खानपान नै हो । गुलियो पदार्थ धेरै खाएर दाँतमा टासिए पछि किटाणुहरुले एसिड बनाउँछन् र एसिडले दाँतलाई खियाउँदै लैजान्छ । त्यसैले बिहान बेलुका खाना खाएपछि दाँत ब्रस गर्नुपर्छ । बिहान उठ्दा दाँतमा सेतो लियर जस्तो बसेको हुन्छ, त्यसलाई हटाउनको लागि ब्रस र फ्लसिङ गर्नुपर्छ ।

४. दाँतलाई स्वास्थ्य राख्नको लागि अर्को महत्वपूर्ण कुरा भनेको ६/६ महिनामा दाँत सफा गर्नुपर्ने हुन्छ । दाँत र गिजाको बीचमा रहेको फोहोरलाई सफा गरेर फाल्दा दाँत बलियो हुन्छ । दाँत र गिजाको बीचमा फोहोर ढुङ्गा जस्तै पदार्थ जम्दै आएको हुन्छ जसले गर्दा दाँत गिजाबाट छुट्टिने सम्भावना हुन्छ । दाँत र गिजाको बीचमा रहेको ढ्ङ्गा जस्तो फोहोर एकदमै कडा हुन्छ । घरमा सफा गर्दा निकाल्न सकिन्न त्यसैले डेन्टिस्ट कहाँनै गएर मेसिनको माध्ययमबाट निकाल्नु पर्ने हुन्छ । सफा गर्दा दाँत बाहिरको इनामेल गयो भने दाँत सिरिङ-सिरिङ गर्ने समस्या हुन्छ ,त्यसैले चिकित्सकबाट मात्रै दाँत सफागर्दा राम्रो हुन्छ ।

५. दाँत सफा गर्दा ब्रस गरे पछि दुर्ईवटा दाँतको बिचमा धागो हालेर तलमाथि चलाएर गिजा सफा गर्न सकिन्छ जसलाई फ्लसिङ भनिन्छ । बेलुका तातोपानीमा नून राखेर कुल्ला गर्दा गिजा सुन्निएको छ भने निको हुन्छ ।
सामान्य मुख स्वास्थ्यको बिरामीहरुलाई मेडिकलको औषधि भन्दा पनि घरेलु उपचार लाभदायक हुन्छ । जुन कुरा एकपटक जानकारी भयो भने जिन्दगीभर काम लाग्छ । तातो पानी र नून मुख स्वास्थ्यको लागि धेरै राम्रो औषधि हो । त्यसैले सकिन्छ भने बेलुका नून र तातो पानीले कुल्ला गर्दा राम्रो हुन्छ ।

६. गुलियो खानेकुरा खाएपछि दाँत सफा गर्ने । 

७. मकै, छुर्पि जस्ता सारा कुराले दाँत क्र्याक हुन सक्छ, त्यसकारण यस्ता कुरामा ख्याल गर्नुपर्छ ।

८. खाना खाएपछि बिहान र बेलुका ब्रस र फ्लसिङ् गर्ने ।

९. बेलाबेलामा दन्त चिकित्सककहाँ दाँतको परिक्षण गराउने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja