सुनको मूल्य बढ्योः ६ बर्षयताकै उच्च मूल्य



पोखरा आज
पोखरा, ९ पुस ।

सुनको मूल्य फेरी बढी ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत अवस्थामा रहेको र नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्य बढेको व्यवसायी बताउँछन्। कमजोर भारुका साथै विश्वका मजबुत सेयर बजार घट्नुले पनि लगानीकर्ता सुनमा आकर्षित हुँदा माग बढेको भारतीय संचारमाध्यमले जनाएका छन्।
सुनको मूल्य बढ्दा व्यापार घाटा बढ्न जान्छ। अझ पछिल्लो समय नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको कोटा बढाएर २५ केजी पुर्याएको छ। वाणिज्य बैंकहरुले पालैपालो तोकिएको परिमाणमा सुन ल्याएर व्यवसायीहरुलाई बिक्री वितरण गर्ने गरेका छन्।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सुनको आयातका लागि ३२ अर्ब २० करोड रुपैयाँ बाहिरिएको छ। विदेसिएका नेपालीले ल्याउनेका सुनका गहनाको हिसाव यसमा छैन। विदेसिएका नेपालीले ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja