ग्रिनल्यान्डः संसारको १२ औं ठूलो देश तर जनसंख्या ५६ हजार, चीनको नजर किन ?



पोखरा, ५ पौष ।

चीन हज्जारौं किलोमिटर टाढा एउटा यस्तो देशमा खुट्टा पसारिरहेको छ जसले अमेरिकाको चिन्ता बढाएको छ ।

संसारको सबैभन्दा ठूलो अर्थव्यवस्थाको दोस्रो स्थानमा भएका कारण चीनका व्यापारी र राजनेताको एशिया, अफ्रिका र ल्याटिन अमेरिकाको हरेक स्थानमा दखल छ ।

अब चीन संसारको सुदुर भाग आर्कटिकमा रुची देखाइरहेको छ । आर्कटिक सर्कलबाट बेइजिङको दुरी तीन हजार किलोमिटर छ तर चीन त्यहाँ लगानीको नयाँ आयाम खोजिरहेको छ ।

चीनले आर्कटिकको बरफबाट सामान ओसारपसारका लागि थुप्रै आइसब्रेकर्स (बरफमा चल्ने जहाज) खरिद गरेर त्यहाँ पठाएको छ । यसमा परमाणु शक्तिबाट चल्ने आइसब्रेकर्स पनि समावेश छन् ।

यो काम पूरा गर्नका लागि चीनको नजर ग्रिनल्याण्डमा छ । यहाँ चीन आफ्नो पोलर सिल्क रोडमा स्टेशन बनाउने सम्भावनाको खोजी गरिरहेको छ ।

ग्रिनल्याण्ड एक स्व–शासित देश हो तर सतही रुपमा यहाँ डेनमार्कको नियन्त्रण छ ।

यो देश अमेरिकाका लागि रणनीतिक रुपमा महत्वपूर्ण छ जसले सुदुर उत्तरको थियुलमा आफ्नो ठूलो सैन्य इलाका बनाइरहेको छ । यसकारण चीनको यस्तो रणनीतिले अमेरिका र डेनमार्क दुबैको समस्या बढाइरहेको छ ।

सबैभन्दा कम जनसंख्या भएको देशः

क्षेत्रफलको मामलामा ग्रिनल्याण्ड संसारको १२ औं ठूलो देश हो  जुन ब्रिटेनभन्दा १० गुणा ठूलो छ । यसको २० लाख वर्ग किलोमिटरमा चट्टान र बरफ छ ।

ग्रिनल्याण्डको जनसंख्या ५६ हजारमात्रै छ जुन इंगल्याण्डको लगभग एक शहर बराबर छ । यहाँका ८८ प्रतिशत जनसंख्या इनूएटका हुन् भने अन्य डेनिस (डेनमार्कको भाषा बोल्ने) जनता बसोबास गर्छन् ।

पछिल्ला थुप्रै वर्षमा अमेरिकी र डेनमार्कका मानिसहरुले ग्रिनल्याण्ड र त्यसको राजधानी नूकमा त्यति पैसा खर्च गरेका छैनन् । त्यहाँको आर्थिक स्थिती पनि त्यति राम्रो छैन ।

हरेक दिन यहाँको एक स्थानमा केही मानिसहरु जम्मा भएर सामान बेच्छन् जसमार्फत केही नगद जम्मा हुन्छ । यहाँ कपडा, स्कूलब्याग, केक, सुकेका माछा बिक्छन् ।

अहिले नूक जान तपाईंले साना विमानको यात्रा गर्नै पर्छ । तर अबको चार वर्षमा यहाँ थुप्रै कुरा परिवर्तन हुँदैछन् ।

ग्रिनल्याण्डको सरकारले तीन ठूला अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने निर्णय गरेको छ जहाँ ठूला विमान उडान भर्न सक्छन् ।

चीनले यी एयरपोर्टको ठेक्का लिने कोसिस गरिरहेको छ ।

डेन्स र अमेरिकीले उक्त ठेक्का चीनको हातमा नजाओस् भन्दै दबाब दिइरहेका छन् । तर यति हुँदा हुँदै पनि चीनले ग्रिनल्याण्डमा आफ्नो सक्रियता कम गर्नेछैन ।

यस्तै, अमेरिका र डेनमार्कका लागि एक मुश्किल यो पनि छ कि ग्रिनल्याण्डमा चीनबारे मानिसहरुको धारणा बाँडिएको छ । जहाँ डेनिश जनतालाई चीनको उपस्थतीसँग डर छ भने इनूएटले यसलाई राम्रो सुरुवात मानिरहेका छन् ।

ग्रिनल्याण्डका प्रधानमन्त्री र विदेशमन्त्रीले चीनबारे आफ्नो सरकारको धारणामाथि केही टिप्पणी गर्न अस्विकार गरेको छ तर पूर्व प्रधानमन्त्री कूपेक क्लाइस्टले यो ग्रिनल्याण्डको लागि राम्रो हुने बताएका छन् ।

डेनिश गठबन्धनको सरकार मुख्य वेन्स्ट्रो पार्टीको विदेश मामलाका प्रवक्ता माइकल अस्ट्रप यनसन ग्रिनल्याण्डमा चीनको सहभागिताको विषयमा आफ्नो धारणा स्पष्ट व्यक्त गर्छन् ।

उनी भन्छन्, ‘हामी आफ्नो छेउमा साम्यवादी तानशाही चाहँदैनौं ।’

चीनको लगानीको मूल्यः

जहाँ चीनको कम्पनी व्यापार गर्छन् त्यहाँ उनीहरु त्यस्तो आधारभूत संरचनाको प्रस्ताव गर्छन् जसको आवश्यकता त्यो देशमा अत्यधिक छ जस्तै एयरपोर्ट, सडक र सफा पानी ।

जुन पश्चिमी शक्तिले यी देशमा शासन गरे ती देशले त्यहाँ खासै मद्दत गरेका छैनन् र यी देशलाई अब चीनको मद्दत निकै मन परिरहेको छ ।

तर यी मद्दत स्वार्थरहित हुँदैनन् ।

यो देशको कच्चा सामग्री, धातु, काठ र इन्धनसम्म चीनको पहुँच छ । यहाँसम्म कि यसका कारण स्थानीय मानिसहरुले पनि लामो समयसम्म काम पाइरहेका छैनन् । ठूलो संख्यामा चीनका जनता यहाँ काम गर्नका लागि आवतजावत गर्छन् ।

एकपछि अर्को गर्दै थुप्रै देशलाई थाहा भइसकेको छ कि चीनको लगानीले उक्त देशलाई कम र चीनलाई बढी फाइदा भएको छ ।

 दक्षिण अफ्रिका यसको एक उदाहरण हो । यहाँ चीनको सहभागिताले भ्रष्टाचार मौलाइरहेको आरोप लागिरहेको छ ।

 तर नूकमाका मानिसहरुले यस्तो कुरा बुझ्न मुश्किल छ ।

यो ठूलो र खाली स्थानलाई ठूलो राशीको प्रतिक्षा छ, जुन यहाँ भित्रिँदै छ । कुपेक क्लाइस्ट स्पष्ट रुपमा भन्छन्, ‘तपाईंले देखिराख्नु भएको छ नि हामीलाई यसको निकै आवश्यकता छ ।’

बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja