पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल अब ११० रुपैयाँ



पोखरा, ४ पौष।

 नेपाल आयल निगमले मंगलबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा २ रुपैयाँ घटाएको हो । 

नयाँ मूल्यअनुसार पेट्रोल अब ११० रुपैयाँमा बिक्री वितरण हुनेछ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ थियो । 

यस्तै निगमले डिजेल र मटितेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको छ । मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन् । 

त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja