जापानमा अमेरिकी दुई लडाकु विमान ठोक्किए, ६ जना वेपत्ता



पोखरा २० मंसिर।

जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् लडाकु विमानमा सवार जना नौसैनिक वेपत्ता छन्

अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी१३० एफ१८ लडाकु विमान दुर्घटनामा परेका हुन् दुर्घटनास्थल समुद्री किनारभन्दा करिब सय किलोमिटर टाढा पर्दछ

वेपत्ता सैनिकहरुको खोजी कार्य जारी यसका लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरुसँगै परिचालित छन् खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट तीन जहाज परिचालन गरेको जापानले पनि खोजी कार्यमा सहयोग गरेको भन्दै अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन्

अमेरिकी अधिकारीहरुका अनुसार दुवै लडाकु जहाजले नियमित तालिमको क्रममा मरिन कर्प्स स्टेशनबाट उडान भरेका थिए तर, बिहीबार दुर्घटना भयो दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी

अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन् यो दुर्घटनालाई सामान्य भन्न मिल्दैन गत नोभेम्बर महिनामा पनि अमेरिकी नेभी लडाकु विमान जापानको समुद्रमा दुर्घटना भएको थियो यद्यपि, विमानमा सवार दुवै जना क्रुमेम्बरलाई सकुशल उद्धार गरिएको थियो

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja