बंगलादेशमा कालो सूचीका ३७ मेडिकल कलेजमा ६ सय नेपाली विद्यार्थी



पोखरा, १६ मंसिर ।

 बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ, काउन्सिलका अनुसार हाल मुलुकबाहिर सबैभन्दा बढी मेडिकलका विद्यार्थी बंगलादेशमै छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अनुसार यहाँका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

ढाकास्थित नेपाली दूतावासले गत वर्ष परराष्ट्र तथा शिक्षा मन्त्रालय र मेडिकल काउन्सिललाई पत्र पठाएर कालो सूचीका मेडिकल कलेजबारे जानकारी दिएको थियो । त्यस्ता समस्याग्रस्त मेडिकल कलेजमा विद्यार्थी नपठाउनसमेत दूतावासले आग्रह गरेको थियो ।

बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसालले उक्त कालो सूची कायमै रहेको बताए । ‘अध्ययनका लागि सहमति दिँदा थप सजगता अपनाउन हामीले गत वर्षदेखि नै मुलुकका आधिकारिक निकायलाई आग्रह गर्दै आएका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja