करण भन्छन्, ‘पुरुष बन्न ३ वर्ष ट्रेनिङ लिएँ’



पोखरा,१४ मंसिर ।

बलिउड फिल्मका चर्चित निर्देशक तथा निर्माता करण जोहरले एक इभेन्टको क्रममा आफ्नो जिन्दगीसँग जोडिएका कयौं महत्वपूर्ण खुलासा गरेका छन् । इभेन्टमा उनले भने, ‘बाल्यकालमा मेरो निकै मजाक उडाउँथे, सबै भन्थे कि म युवती हुँ र त्यसरी नै रुन्छु ।’ पुरुष बन्नका लागि आफूले ३ वर्ष ट्रेनिङ लिएको उनी निर्धक्क बताउँछन् । 

उनी पितासँग झुट बोलेर ट्रेनिङ लिन जाने गर्थे । करणको जिन्दगीमा एक समय यस्तो थियो, जब आवाजको कारण उनलाई मानिसहरु गाली पनि गर्दथे । उनी भन्छन्, ‘स्पीच थेरेपिस्ट कहाँ गएर मैले भने कि मेरो आवाज बदलिदिनुस् ।’ यसका लागि उनले ३ वर्ष ट्रेनिङ लिए । 

‘त्यो समय मेरो लागि निकै खराब थियो । म ट्रेनिङ लिनका लागि पितासँग झुट बोल्थें । उहाँलाई भन्थें कि म ट्यूसन पढ्न जान्छु । किनकि, उहाँलाई यो भन्न सक्दिन थिएँ कि म पुरुष बन्न जाँदैछु’, उनले भने । घरमा कसैले आफूलाई गलत व्यबहार नगरे पनि घरबाट बाहिर गएपछि बिल्डिङका बच्चा र स्कूलमा सिनियर्स आफ्नो मजाक उडाउने गरेको उनले बताए । 

करण थप्छन्, ‘स्कूलमा मजाक उडाएपछि मैले स्पोर्ट्समा भाग लिन बन्द गरें । म जब हिँडेथें र दौडन्थें तब साथीहरु मेरो मजाक बनाउँथे । मेरो हात खुट्टा अन्य केटाहरु जस्तो थिएन । म जहिले पनि बोल्थें तब मानिसहरु मेरो आवाज सुनेर हाँस्थे । यसको बावजूद मेरो पेरेन्ट्सको व्यबहार भने निकै कूल थियो । उहाँहरुलाई कहिल्यै लागेन कि म अजिब गरिरहेको छु ।’ 

फिल्मीखबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja