मोदीले अस्वीकार गरे पाकिस्तानको निम्तो



पोखरा, १२ मंसिर ।

पाकिस्तानी विदेश मन्त्रालयले सार्क ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन’ सम्मेलनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउने भनेको निम्तो भारतले अस्वीकार गरिदिएको छ।
सार्क सम्मेलनको मिति सबै सदस्य राष्ट्रको सहमतिमा हुनु पर्ने भएकाले पाकिस्तान एक्लैले मोदीलाई सम्मेलनका लागि निम्तो पठाउन नसक्ने भारतले जनाएको छ।
यसअघि मंगलबार पाकिस्तानी विदेश मन्त्रालयलका अधिकारीले इस्लामावादमा आयोजना हुने सम्मेलनका लागि मोदीलाई निम्तो पठाउने बताएका थिए।
‘पाकिस्तान एक्लैले निम्तो पठाउन मिल्ने भारत उसको विशेष निम्तालु होइन, भारत सार्क प्रक्रियाको अभिन्न अंग हो,’ भारतीय विदेश मन्त्रालयका अधिकारीले भनेका छन्,‘सार्क सम्मेलनको मिति सबै सदस्य राष्ट्रको सहमतिमा तय हुनुपर्छ। त्यो भएको छैन।’
भारतीय दैनिक टाइम्स अफ इन्डियाले तत्काल सम्मेलन आयोजना गर्ने पक्षमा बंगलादेश र श्रीलंका पनि नभएको उल्लेख गरेको छ। बंगलादेशमा केही समयमा चुनाव हुँदैछ भने श्रीलंकाको आन्तरिक राजनीतिक संकट गहिरिँदै गएको छ।
पछिल्लो सार्क सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो।
सन् २०१६मा सम्मेलन आयोजना गर्ने पालो पाकिस्तानको थियो। इस्लामावादमा हुने सम्मेलनभन्दा केही समयअघि भारतको उरीमा भएको आक्रमणलाई लिएर भारतले सहभागी नहुने बताएपछि सम्मेलन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja