‘प्रेमगीत २’:  अश्लेषालाई गालीको वर्षा



पोखरा, १२ मंसिर ।

हलमा फ्लप भएका फिल्म अचेल युट्युबमा सुपरहिट हुने गरेका छन् । डायरीु, ग्यांगस्टार ब्लूजु, धनपति लगायतका बक्सअफिसमा असफल फिल्मले युट्युबमा लाखौं भ्यूअर्स कमाए । ६ महिनामा युट्युबमा आउने फिल्म हेर्न किन पैसा तिरेर हल जाने सोचाईले अहिले हलको व्यापार खस्किँदै गइरहेको छ भने युट्युबमा भिजिटरको ओहिरो लाग्न थालेको छ ।

पैसाको लोभमा कति निर्माताले त हलमा रिलिजको तीन सातामा नै युट्युबमा फिल्म रिलिज गर्ने गरेका छन् । यसले हलको व्यापारमा दिर्घकालिन असर गर्ने देखिन्छ । तर, यो विषयमा न सरोकारवालाको ध्यान जान सकेको छ न त स्वंम निर्माताको नै । यही अवस्था रहे भोली हलमा नभई युट्युबका लागि फिल्म बनाउनु पर्ने अवस्था सृजना नहोला भन्न सकिन्न ।
अहिले २ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता प्रदीप खड्का स्टारर फिल्म प्रेमगीतु को सिक्वेल प्रेमगीत २ ले नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । युट्युब रिलिजको दुई दिन पनि पूरा नहुँदै फिल्ममाथि २३ लाख बढीको नजर परिसकेको छ । उक्त फिल्मको आक्रामक भ्यूअर्सले अहिले निर्माण टिम दंग देखिएको छ । तर, अभिनेत्री अश्लेषा ठकुरीलाई भने नेगेटिभ कमेन्टले तनाव दिएको छ ।

यो समाचार तयार पार्दासम्म ३५ हजार लाइक्स रहेको फिल्मलाई ७ हजारले कमेन्ट गरेका छन् । अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् भने अभिनेता प्रदीपको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । फिल्मलाई झुर भन्नेको संख्या पनि केही छ । फिल्मलाई प्राप्त नेगेटिभ कमेन्ट बढी अभिनेत्री अश्लेषाका लागि छ । धेरैले अभिनेत्री मन नपरेको प्रतिक्रिया जनाएका छन् ।

अभिषेश चापागाइँले कमेन्टमा लेखेका छन्, ‘हरे प्रभु !हिरोइन हेर्दा झण्डै मरेको’ । तपश्या खातीले हिरोइनको अभिनय हेरेर टाउको दुखेको बताएकी छिन् । अर्का युट्युब युजर सरोज न्यौपानेले अश्लेषाको अभिनय राम्रो नभएको लेखेका छन् । जुना गिरी पनि लेख्छिन्, आई हेट हिरोइन भ्वाइस एण्ड एक्टिङ । अश्लेषाको तारिफमा लेखिएका कमेन्ट निकै न्यून छन् । बरु, धेरैले अभिनेत्री पूजा शर्माको अभाव औंल्याएका छन् ।

रामशरण पाठक निर्देशित फिल्म ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने उनको पनि प्रमुख भूमिका छ । अब वर्षको माघबाट यो फिल्मको तेस्रो सिरिजको छायांकन सुरु हुँदैछ । लिड रोलमा अभिनेता प्रदीप दोहोरिने खबर छ ।

फिल्मीखबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja