माफी माग्दै आमिरले भने, ‘असफलताको पूरै जिम्मेवारी म लिन्छु’



पोखरा, ११ मंसिर ।

लगातार एकपछि अर्को सुपरहिट फिल्म दिएका बलिउड सुुपरस्टार आमिर खान यसपटक नराम्रोसँग चुकेका छन् । ठग्स अफ हिन्दोस्तानु बक्सअफिसमा असफल मात्र भएन दर्शक र समीक्षकले पनि यो फिल्म रुचाएनन् । अहिले सोसल मिडियोमा फिल्मको डरलाग्दो तरिकाले ट्रोलिङ भइरहेको छ । फिल्मको असफलतापछि मौन बसेका आमिरले अन्ततः आफ्नो मुख खोलेका छन् ।

सिनेस्तान इन्डियाज स्टोरीटेलर्स कन्टेस्टु को अवार्ड समारोहमा उनले भने, फिल्म ठग्स अफ हिन्दोस्तानु को असफलताको पूरै जिम्मेवारी म लिन्छु । राम्रो गर्न कुनै कसर बाँकी राखेका थिएनौं तर, कहीं न कहीं हामी गलत चल्यौं । केही व्यक्ति छन्, जलाई फिल्म मन परेको छ र उहाँहरुलाई धन्यवाद दिन चाहन्छौं तर त्यो निकै माइनोरिटीमा छ । धेरैलाई हाम्रो फिल्म मन परेन र यो कुराको हामीलाई महशुस छ ।

आमिर अगाडि भन्छन्, फिल्मलाई लिएर हामी कहीं न कहीं गलत साबित भयौं । म यो कुराको पूरै जिम्मेवारी लिन्छु । दर्शक जुन अपेक्षाका साथ फिल्म हेर्न गएका थिए, म उहाँहरु सबैसँग माफी माग्न चाहन्छु कि यसपटक मैले इन्टरटेन गर्न सकिनँ । उनी फिल्म राम्रो बनाउन पूरा कोशिश गरेको दोहोर्याउन छाड्दैनन् । उनले घरेलु बजारमा फिल्म असफल भए पनि अर्को वर्ष चीनमा रिलिज हुने बताएका छन् ।

दर्शकलाई फिल्मको बारेमा आफ्नो कुरा राख्न पाउने अधिकार छ । अर्को पटक हामी अझै कडा मिहिनेत गर्नेछौुं, आमिरले भने । अब उनी नेटफ्लिक्सका लागि ७ पार्ट सीरीज महाभारतु मा काम गर्दैछन् । यस विषयमा आमिर भन्छन्, म अर्को फिल्म के गर्दैछु त्यो मलाई पनि थाहा छैन । मैले अहिले कुनै निर्णय गरिसकेको छैन ।ठग्स अफ हिन्दोस्तानु को असफलतापछि उनी अब हतारमा निर्णय नलिने सोचमा छन् ।

फिल्मीखबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja