पत्रकार दिपक परियारलाई बाबा आनन्द संचार पुरस्कार प्रदान



पोखरा आज
पोखरा, ९ मंसिर

कान्तिपुर दैनिकका पोखरा संवाददाता दीपक परियार बाबा आनन्द संचार पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन् ।
बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापित बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ बाट पत्रकार परियारलाई सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल उद्योग महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, बाबा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ र प्रतिभा छनोट समितिका संयोजक नारायण कार्कीले पुरस्कार राशी १९ हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रद्वारा पुरस्कार प्रदान गरे ।

पोखरा महानगरपालिका–३२, निवासी परियारले जनदिशा राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । उनले यसअघि पोखरामै रहेर स्वाभिमान साप्ताहिक, गोरखापत्र राष्ट्रिय दैनिक, हटलाइन दैनिक, समाधान दैनिक, नेपाल खबर डट कम, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा संवाददाताको रुपमा काम गरिसकेका छन् ।परियारसँग गण्डकी खबर दैनिकको संवाददाताबाट सहसम्पादक हुँदै कार्यकारी सम्पादकको जिम्मेवारी भूमिका निर्वाह गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja