जाडोमा कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ ? यस्ता छन् समाधानका उपाय



पोखरा, ९ मंसिर ।

कपाल झर्ने समस्या हरेकले भोगेको समस्या हो । कसैको सामान्य अवस्थामा कपाल झर्छ भने कतिको अस्वाभाविक रूपमा । कपाल झर्नुको पछाडि विभिन्न कारण हुन सक्छन् । बेलैमा कारण पत्ता लगाएर सावधानी अपनाउने हो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
जाडो यामको सुरुवातसँगै कपाल झर्ने र चाया पर्ने समस्याले धेरैलाई पिरोलेको हुन्छ । सामान्यतया कपाल दिनमा १०० वटा झर्नै पर्छ । यदि हामी हप्तामा एक दिन मात्र नुहाउँछौँ भने ७ दिनमा ७०० कपाल झर्नुलाई सामान्य मानिन्छ ।
वसन्त ऋतुमा रूखका पात झरेर हरियो पात पलाउन थालेजस्तै हाम्रो पनि कपाल झर्छ र नयाँ पलाउँछ । यो सामान्य चक्र हो । तर त्यसबाहेक पनि अझ बढी कपाल झरेको छ भने चाहिँ केही समस्याले झर्दै छ भन्ने बुझ्नु पर्छ । सामान्यत कपाल झर्नुको मुख्य दुई कारण हुन्छन् । स्कारिङ एलोपेसिया खत भएर ९चोटलागेर० कपाल झर्नु र नन स्कारिङ एलोपेसिया ९खत नभएर पनि कपाल झर्नु० ।
स्कारिङ एलोपेसिया
चोट पटक लागेर, पोलेर, घाउ खटिरा आएर र फङ्गल इन्फेक्सनबाट कपाल झर्नुलाई स्कारिङ एलोपेसिया भनिन्छ । स्कारिङमा कपाल जरैबाट नष्ट भएको हुन्छ, यस्तोमा कपाल पुनः पलाउने अवस्था हुँदैन ।
नन स्कारिङ
नन स्कारिङमा वंशाणुगत कारण मुख्य मानिन्छ । हर्मोनमा आउने परिवर्तनले कपाल झर्ने गर्छ । त्यसैगरी कुनै रोगका कारण पनि कपाल झर्न सक्छ । कपाल झर्नुका अन्य कारणहरू पनि छन् ।
–स्ट्रेस कपाल झर्नुको अर्को मुख्य कारण हो ।
–मानिसको जीवनमा आउने परिवर्तनहरू जस्तोः विवाह हुनु, बच्चा जन्मनु कपाल झर्ने अर्को अवस्था हो ।
–महिनावारी नियमित नहुने, इमरजेन्सी पिल्स खाने महिलाहरूमा कपाल झर्ने समस्या बढी पाइन्छ ।
–मोटोपना पनि कपाल झर्नुको अर्को कारण हो ।
–थाइराइड भएका मनिसमा कपाल झर्ने समस्या बढी हुन्छ ।
–जङ्क फुड धेरै खानेहरूमा पौष्टिक आहारको कमी हुन्छ, जसले गर्दा कपाल झर्ने समस्या बढ्छ ।
–अपत्यारिला खबरहरू सुन्दा पनि त्यसको असर कपालमा पर्छ । कुनै घटनाबाट झड्का लाग्दा मानिस मानसिक रूपमा कमजोर बन्ने भएकाले यसको असरले कपाल झर्छ ।
–नेपालीमा विशेष गरेर भिटामिन डी डिफिसियन्सी हुन्छ । यो पनी कपाल झर्नुको अर्को कारण हो । ९० प्रतिशत कपाल झर्ने समस्या भएका बिरामीमा भिटामिन डी डिफिसियन्सी पाइएको छ । त्यस्तै भिटामिन बी१२ को कमी अनि आइरनको कमीले पनि कपाल झर्छ ।
–कपाल झर्नुमा कपालको स्याहार गर्ने खराब तरिका पनि अर्को कारण हो । कसैले कपालको स्याहार नगरेर झर्छ भने कतिको स्याहार बढी गरेर झर्छ ।
–बढ्दो केमिकलको प्रयोगले कपाल झर्ने मात्र होइन, चायाको समस्या पनि झनै बढेको छ । जस्तोः स्याम्पु, हेयर कलर, ड्रायरको प्रयोग ।
–चाया भनेको फङ्गल इन्फेक्सन हो, जुन ओसिलो ठाउँमा बढी हुन्छ । कपाल नुहाएपछि राम्रोसँग नसुकेमा चायाको समस्या बढ्छ ।
कपाल झर्ने र चायाको समस्याको समाधान
–रेगुलर कपालमा तेलको प्रयोग गर्ने । विशेष गरेर एन्टिसेफ्टिक, एन्टिफङ्गल, एन्टिब्याक्टेरियल इफेक्ट भएका तेलहरूको प्रयोग गर्नुपर्छ । यस्तोमा नरिवलको तेल सबैभन्दा उत्तम मानिन्छ ।
–नेचुरल कलर भएका तेलको मात्र प्रयोग गर्ने ।
–स्मेल भएका र कलर देखिने तेलको प्रयोग नगर्ने ।
–रगडेर स्याम्पु गर्दा कपाल बिग्रन सक्छ त्यसैले बिस्तारै मसाज गर्दै पानीले पखाल्नु उचित हुन्छ ।
–टाबेलले रगडेर कपाल सुख्खा बनाउँदा झर्न सक्छ त्यसैले सकेसम्म कपाललाई आफै सुक्न दिनुपर्छ ।
–हेयर ड्रायरको प्रयोग धेरै नगर्ने ।
–कपाल राम्रोसँग सुकेपछि मात्र कपाल बाँध्ने । चिसैमा बाँध्दा कपालमा चाया पर्न सक्छ ।
–चिसैमा कपाल कोर्ने बानीलाई परिवर्तन गर्नुहोस् । कपाल सिल्की खालको छ भने सुख्खा भएपछि ठूलो दात भएको काइँयोले कोर्नुपर्छ तर कर्ली कपाल छ भने चिसैमा कोर्दा राम्रो हुन्छ ।
–कपाललाई कसिनेगरी बाँध्नाले टुक्रिन सक्छ र झर्न पनि सक्छ । त्यसैले खुकुलोसँग बाँध्ने र बेला बेला हेयर स्टाइल पनि परिवर्तन गरिराख्दा झर्न पाउँदैन ।
–सकेसम्म हेयर कलर, मेहेन्दी, स्ट्रेट गर्ने अनि कर्ली गर्दा केमिकलले कपाललाई मात्र होइन, स्किनलाई समेत असर गर्छ ।
–धेरै कोर्दैमा कपाल राम्रो हुन्छ भन्ने कुरा गलत हो । त्यसैले कपाल धेरै नकोर्दा कपाल झर्ने समस्या कम हुन्छ ।
कपालको हेरचाह गर्ने तरिकामा परिवर्तन ल्याउँदा पनि कपाल झर्न रोकिएन भने डाक्टरको सल्लाह लिन सकिन्छ ।

 

ratopati

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja