वाइडबडीको स्वामित्व नेपाल एयरलाइन्समै छ: पर्यटनमन्त्री अधिकारी
पोखरा, ७ मंसिर ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दुई वटा एयरबस ए ३३० जहाजको स्वामित्व नेपाल एयरलाइन्समै रहेको बताएका छन्।
प्रतिनिधि सभाको अन्तरास्ट्रिय सम्बन्ध समितिको बैठकमा अधिकारीले नेपाल एयरलाईन्स ती जहाज किनेर ल्याएको र तिनको स्वामित्व पनि आफूसँगै भएको जानकारी दिएका हुन्।
एयरलाईन्सले कानूनअनुसारको खरिदप्रक्रिया पूरा गरि जहाज ल्याएको र अहिले व्याजसायिक उडानमा रहेको उनले जानकारी दिए।
नेपाल एयरलाईन्सको वाइडडी जहाज पहिलो असार १४ मा र दोस्रो जहाज साउन १०मा आएको थियो।