जाडोमा अदुवाचिया खानुका फाइदाहरु



पोखरा, ६ असोज ।

अब जाडोको महिना सुरु हुँदैछ । यस बेला शरीरमा गर्मी बढाउने खानेकुराको एकदम आवश्यकता हुन्छ । कतिपयले जाडो भन्नासाथ सिरकभित्र बसी तातोतातो खानेकुरा तथा पेयपदार्थ, सुप इत्यादि खानेकुराको कल्पना गर्छन् । तर जाडोले धेरै थरिका रोग तथा स्वास्थ्य समस्याहरु पनि ल्याउँछ । यस्तो जाडोबाट बच्नको लागी हाम्रो शरीर तयार राख्नुपर्छ र यसको लागी स्वस्थ खाना र शारीरिक व्यायमको एकदम आवश्यकता पर्छ । हाम्रो प्रतिरोधात्मक क्षमतालाई बढाउने केहि खाना, सागसब्जी तथा मसालाका परिकारहरु छन । त्यसमध्ये अदुवा एक सबभन्दा राम्रो मसला हो । अदुवा एक परम्परागत रुपमा एसियाली र अझ भन्ने हो भने दक्षिण एसियालीको भान्साको एक आधारभूत खान्की मसला हो । जाडोयाममा खानामा अदुवा मिसाउनाका एकदम धेरै फाइदाहरु छन् ।

यहाँ अदुवा मिसाएको चिया खानुका केहि अद्भुत फाइदाहरु छन्ः
१. प्रतिरोधात्मक क्षमता बढाउँछः अदुवामा एन्टि अक्सिडेटिभ र एन्टि इन्फ्लेमेटरी गुणहरु हुन्छ रोगसँग लड्ने क्षमता बढाउँछ ।
२. संक्रमण हुनबाट बचाउँछः अदुवामा भएको एन्टि ब्याक्टेरिएल गुणको कारणले गर्दा यसले चोटपटक लाग्दा संक्रमण हुनबाट बचाउँछ ।
३. चिसो लाग्नबाट बचाउँछः तातोपानीमा अदुवा मिसाई खानाले यसले शरीरमा ताप बढाउँछ र चिसोबाट बच्ने क्षमता बढाउँछ ।
४. भोक बढाउँछः जाडोको समयमा धेरै मानिसहरु भोक हराउने समस्याबाट ग्रसित हुन्छन् जसको कारणले शरीर कमजोर हुन पुग्छ । जाडोमा अदुवा कागती तथा बिरेनुनसँग सेवन गर्नाले भोक जगाउँछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja