रणबीरसँग बिहे बारे आलिया भन्छिन्, ‘क्लाइमेक्स पर्खनुस्’



पोखरा, ६ मंसिर ।

अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूरको बिहेका लागि प्रशंसकलाई लामो समय प्रतिक्षा गर्नु पर्ने भएको छ । आफ्नो विवाहलाई लिएर अभिनेत्री भट्टले मिडियासँग कुराकानी गर्दै सटिक जवाफ दिएकी छिन् । आलियाले रणबीरसँग अर्को वर्ष बिहे गर्ने चर्चा छ ।

आलियाले भने विवाहको विषयमा जोडिएका सबै अडकललाई खारेज गरेकी छन् । उनले लक्स गोल्डन रोज अवार्ड्सको क्रममा भनिन्, यदी मानिसहरु मेरो विवाहको प्रतिक्षा गरिरहेका छन् भने यसका लागि अझै प्रतिक्षा गर्नु पर्नेछ । मलाई लाग्छ कि क्लाइमेक्स राम्रो हुनेछ ।

उनले जोधपुरमा हुन लागेको प्रियंका चोपडा र निक जोनसको विवाहलाई लिएर पनि आफ्नो प्रतिक्रिया दिइन् । उनी भन्छिन्, म प्रियंकाको विवाहलाई लिएर एकदम खुसी छु । म उनलाई विवाहको आउटफिटमा देख्नका लागि निकै उत्साहित छु । उनी एक सुन्दरी दुलही हुनेछिन् ।

आलिया र रणबीरको बीच अफेयरको चर्चा लामो समयदेखि चलिरहेको छ । दुई सोनम कपूर र आनन्द आहूजाको विवाहको रिसेप्शनमा एकअर्काको हात समात्दै देखिएका थिए । यो जोडी अचेल फिल्म ब्रह्मास्त्रु को सुटिङमा व्यस्त छन् । यी दुई पहिलो पटक सँगै देखिन लागेका हुन् ।

फिल्मीखबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja