जापानको अर्थतन्त्रमाथि ५० खर्ब अमेरिकी डलरको सङ्कट



पोखरा, ३० असोज ।

जापानको केन्द्रीय बैङ्कले केही वर्षबीचमा ऐतिहासिक स्तरमा बोन्ड किन्ने कार्य गर्यो । हाल आएर यसले रमाइलो अवस्था सिर्जना गरेको छ । यस कार्यले यो बैङ्कमा उक्त देशको सम्पूर्ण अर्थतन्त्रभन्दा बढी सम्पत्ती जम्मा हुन पुगेको छ ।
मङ्गलबार बैङ्क अफ जापानले जारी गरेको तथ्याङ्कले यसको कुल होल्डिङ ४९ खर्ब अमेरिकी डलरमा रहेको देखाएको छ । यो अवस्था देशमा सुस्त भएको अर्थतन्त्रलाई सुचारु गर्ने योजना अन्तर्गत वर्षौंको पैसा छाप्ने कार्यले निम्त्याएको हो ।
उल्लेखित मूल्य दोस्रो चौमासिकमा जापानको कुल ग्राहस्थ उतपादनभन्दा बढी हो । साथमा एप्पलको बजार मूल्यभन्दा पाँच गुणा बढी हो ।
यसले समस्या के निम्त्याएको छ भने वर्षौंदेखि अर्थतन्त्रलाई उकास्नका लागि गरिएको ठूलो मात्राको लगानीले जापानको वित्तीय बजारको केही हिस्सा कमजोर बनेको छ । यसले गर्दा यदि जापानको अर्थतन्त्रमा नयाँ सङ्कट देखिएमा केन्द्रीय बैङ्कसँग थेग्ने विकल्पहरू कम हुने खतरा बनेको छ । तर यस्तो अवस्था आइसक्दा पनि फजुल खर्च अन्त्य हुने देखिँदैन ।
बैङ्क अफ जापानले गरको सम्पत्तिको यो ठूलो स्तरको सङ्कलन यस बैङ्कको गर्भनर हारुहिको करुदाले सन् २०१३ मा एक योजना ल्याएर सरकारी बोन्ड किन्न थालेपछि सिर्जना भएको हो । यसको उद्देश्य व्याजदर घटाउने, उपभोक्ता र व्यवसायलाई बढी पैसा खर्च गर्न प्रोत्साहित गर्ने थियो ।
यो कदम विश्वव्यापी वित्तीय सङ्कटपछि अमेरिका र युरोपमा ल्याइएको असाधारण मुद्रा सहुलियत कार्यक्रमसँग मिल्दोजुल्दो छ । तर जापानको सन्दर्भमा भने यो यसको अर्थतन्त्रको आकारको तुलनामा निक्कै बढी रहेको छ ।
द यूएस फेडरल रिजर्भको कुल सम्पत्ति अमेरिकी कुल ग्राहस्थ उत्पादनको पाँच भागको एक भाग मात्र रहेको छ भने युरोपियन केन्द्रीय बैङ्कको सम्पत्ति युरोजोन अर्थतन्त्रको लगभग ४०५ रहेको छ ।
द यूएस फेडरल रिजर्भले सन् २०१४ मा बोन्ड खरिद कार्यलाई रोक्का गर्यो । हाल आएर उसले व्याज दर बढाइरहेको छ । युरोपेली केन्द्रीय बैङ्कले अर्को महिनाबाट यो कार्यक्रम रोक्नेछ । तर बैङ्क अफ जापानको फजुल खर्च कहिले रोकिन्छ, अझै ठेगान छैन ।
मिश्रित परिणाम
जापानले भर्खरै दशकौंको सबैभन्दा लामो अवधिको आर्थिक वृद्धि भोग्यो तर यो वर्ष देखिएको धक्काले त्यसमा रोक लागेको छ । जापान सरकारले बुधबार प्रकाशित गरेको तथ्याङ्कअनुसार तेस्रो चौमासिकमा अर्थतन्त्र वार्षिक दर १।२५ ले खुम्चिएको छ ।
तथापि केन्द्रीय बैङ्कको भीमकाय सम्पत्ती खरिद र नकारात्मक व्याजदर, मुद्रास्फीतिजस्ता अन्य असामान्य नीतिहरू अहिले पनि बैङ्कको लक्ष्य २५ भन्दा तलै रहेको छ । कुरुदाले लक्ष्यसम्म नपुगुन्जेल दीर्घकालीन सहयोग प्रयास अन्त्य गर्ने बारे सोच्दा पनि नसोच्ने बताएका छन् ।
खतरनाक रणनीति
तर यो असम्भव कार्य हुन सक्छ । सहुलियत कार्यक्रम लामो समयसम्म जारी राख्दा उलेख्य खतरा हुन्छ ।
“बैङ्क अफ जापानले कति सम्पत्ति खरिद गर्न सक्छ भन्ने कुराको सीमा रहेको छ,” एक अनुसन्धान फर्म क्यापिटल इकोनोमिक्सका जापानविज्ञ अर्थशास्त्री मरसेल थिएलिएन्टले बताए । यसो हुनु पछाडि यसको होल्डिङको ठूलो हिस्सा जापानी सरकारको बोन्ड रहनु हो, जुन सीमित रहेको छ ।
थेएलिएन्टका अनुसार यसले अहिले नै यसको सम्पत्तिको खरिद ‘उलेख्य’ घटाएको छ र यो अझै जारी रहनेछ । उनका अनुसार यसो गर्नुको कारण यसको योजना सफल भएर होइन बरु केन्द्रीय बैङ्क आफ्नो नीतिहरूले व्यावसायिक बैङ्कहरूलाई नाफ कमाउन गाह्रो भइरहेको कुरामा चिन्तित छ ।
नकारात्मक व्याज दरले तिनको बैङ्कहरूको नाफाको मार्जिन घटाएको छ र ठूलो सम्पत्तिको खरिदले कुनै समय लाभदायक रहेको बोन्ड बजार लगभग ध्वस्त भएको छ ।
बैङ्क अफ जापानको अत्यन्त खुकुलो मौद्रिक नीतिले गर्दा यदि जापानमा अर्को ठूलो आर्थिक सङ्कट आएमा ऊससँग त्यसबाट पार पाउन थोरै मात्र विकल्प बाँकी रहने छ ।

source:Ratopati.com

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja