आँचलले गरिन् ‘दाल भात तरकारी’ मा स्वस्तिमालाई रिप्लेस



पोखरा, २७ कार्तिक ।

मह संचारको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तरकारी’ मा अभिनेत्री हेरफेर भएका छन् । सबैभन्दा अगाडि फिल्ममा अनुबन्धित भएकी अभिनेत्री स्वस्तिमा खड्काले समय अभावका कारण फिल्म गर्न नसक्ने भएपछि निर्माण टिमले दोस्रो पटक अभिनेत्री आँचल शर्मालाई साइन गरेको छ ।
मंसिर पहिलो साताबाट छायांकन सुरु हुन लागेको फिल्म स्वस्तिमाले छाड्नुको कारण निर्माता किरण केसी समय अभाव बताउँछन् । फिल्मीखबरसँग कुरा गर्दै उनी भन्छन्, स्वस्तिमाले हाम्रो फिल्मभन्दा अगाडि अर्को एउटा प्रोजेक्ट साइन गरिसकेकी रहेछिन् । छायांकन दुबैको जुध्ने भएपछि सहमतीमै उनले फिल्म छाडेकी हुन् ।

खबरअनुसार, विकासराज आचार्यले निर्देशन गर्न लागेको फिल्म हजार जुनी सम्मु मा र दाल भात तरकारीु को सुटिङ जुध्ने भएपछि स्वस्तिमाले विकासराजको फिल्म रोजेकी हुन् । मह जोडीको फिल्ममा स्वस्तिमालाई रिप्लेस गरेर आँचलको प्रवेश हुनुले धेरै आश्चर्यमा पारेका छन् । किनकी, उनले यही टिमले निर्माण गरेको शत्रु गतेु खेलेर पछुताएको बयान दिएकी थिइन् ।

उक्त फिल्म खेलेर जस आफूले नपाएको दुखेसो पोख्दै फिल्म ब्ल्याकु रिलिजको बखत उनले भनेकी थिइन्, अब हुलमुलका फिल्म गर्दिनँ । सोलो हिरोइन बने कमसेकम जस त पाइन्छ ।अहिले उनले आफ्नो बोली विपरित काम गरेकी छिन् । शत्रु गतेु जस्तै ‘दाल भात तरकारी’ मा कलाकारको ठूलो भीड छ । यसबाट उनले जस लिन पाउँछिन् वा पाउँदिनन् रु त्यो भने प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

किरण केसी प्रस्तुतकर्ता रहेको फिल्मलाई उनका छोरा सुदन केसीले गर्दैछन् । फिल्ममा आँचलसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ । फिल्मले दाल भात तरकारी खान एक व्यक्तिले जीवनमा गर्ने अनेकन संघर्षको कथा वाचन गर्ने बताइएको छ ।

स्रोतः फिल्मीखबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja