लायन विमान दुर्घटना : मृतकको खोजीकार्य बन्द, राहत वितरण शुरु



जकार्ता

इन्डोनेसिया, २४ कात्तिक

 

दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एयरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ ।

अक्टोबर २९मा इन्डोनेसियाको जाभा सामुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ७३७–एमएएक्स–८ मा यात्रारत् चालक दलका सदस्यसहित १८९ जनाको खोजी शनिबार पछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सञ्चारकर्मीलाई बताए ।

विगत ४८ घण्टाको अन्तरालमा मृत शरीरका कुनै सङ्केत नभेटेको र दुई हप्तासम्म विमान दुर्घटनाबाट समुद्रमा जीवित रहनसक्ने सम्भावना नरहेकाले मृतकको खोजीकार्य रोकिएको छ, स्यायुगीले सञ्चारकर्मीसँग बताए ।

“उद्धारका क्रममा मृतकका शरीरका विभिन्न १९६ नमूना भेटिएको र तीमध्ये ७९ जनाको शरीर पहिचान भई अन्तिम संस्कारका लागि पीडितका आफन्तहरूलाई बुझाइएको छ,” उनले थपे ।

“दुर्घटना भएको केही समय मै उद्धार शुरु गरेको र जिम्मेवारीअनुसार काम गरेको जानकारी गराउन चाहन्छौैं । हामीले पीडितका परिवारलाई सेवाबाट सन्तुष्ट बनाउन नसकेको भए क्षमा माग्दै अब मृत शरीरको खोजी रोक्ने निर्णय गरेका छौं ।”

मृतकका आफन्तलाई क्षतिपूर्तिस्वरूप प्रदान गराउने गरी घोषणा गरेको रकम शनिबार उप्रान्त वितरण गरिने लायन एयर कम्पनीले जनाएको छ ।

इन्डोनेसियाली राष्ट्रिय यातायात सुरक्षा समितिले अहिलेसम्म एउटा ब्ल्याक बक्स र डाटा रेकर्डर फेला पारेको र ककपिट भ्वाइस रेकर्डरको खोजी जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja