इराकमा २०० सामूहिक चिहान भेटिए : राष्ट्रसङ्घ



रासस/सिन्ह्वा

बग्दाद, इराक, २० कात्तिक 

इराकमा लामो समयदेखि इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको क्षेत्रमा २०० भन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ ।

आइएसले हालैका दिनमा छोडेको भूभागमा २०२ सामुहिक चिहान भेटिएको र उक्त स्थानमा हजारौँ इराकीका मृत शरीर गाडिएको अवस्थामा भेटिएको इराकका लागि राष्ट्रसंघीय सहयोग मिसन (यूएनएएमआई) तथा राष्ट्रसङ्घ मानव अधिकार कार्यालयद्वारा तयार पारिएको प्रतिवेदनमा छ । इराकको नाइनएभे, किर्कुक, सलाहुद्दिन र अनबरलगायत इराकका उत्तरी र पश्चिमी क्षेत्रमा ती चिहान भेटेको राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ ।

पश्चिम मोसुलमा रहेको सबैभन्दा सानो चिहानमा करिब एक दर्जन मृत शरीर भेटिएको छ भने सबैभन्दा ठूलो सोही क्षेत्रको खास्फा सिनखोलेमा झण्डै एक हजार मृत शरीर रहेको प्रतिवेदनमा छ ।

उक्त स्थानहरूबाट संकलन गरिएका तथ्यहरू अनुसन्धान तथा दोषीलाई अन्तर्राष्ट्रिय प्रक्रिया अनुसार कानूनी कारबाही गर्नका लागि विश्वसनीय आधार बन्नसक्ने प्रतिवेदनमा छ ।

आइएसले सन् २०१४ मा इराकको दोस्रो ठूलो शहर मोसुल अन्य ठूलो क्षेत्रलाई अधिनमा लिन सफल भएको थियो ।

उनीहरूले इराकमा योजनावद्ध हिंसा फैलाएको र उक्त क्रममा अन्तर्राष्ट्रिय मानव अधिकार कानून तथा ऐनको उल्लङ्घन गरेको र यसका लागि उनीहरूले युद्धअपराध मुद्दाको सामना गर्नुपर्ने प्रतिवेदनमा छ ।इराकले विद्रोहीको नियन्त्रणबाट सम्पूर्ण भूभाग सन् २०१७ को डिसेम्बर ९ मा फिर्ता गर्न सफल भएको थियो । त्यसपछि भएका खोजीका क्रममा ती सामूहिक चिहान भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja