सलमानले कपिलको शो निर्माण गर्ने



पोखरा, २१ असोज ।

कमेडी किंग कपिल शर्मा टिभीमा धमाकेदार कमब्याकका लागि तयार छन् । डिसेम्बरमा बिहेपछि उनी सानो पर्दामा कमेडीको स्वाद लिएर आउनेछ । तर, के तपाईहरु थाहा छ कमेडी किंगको कमब्याकमा बलिउड सुपरस्टार सलमान खानको महत्वपूर्ण योगदान छ ।
मिडिया रिपोर्ट्सका अनुसार, कपिलको कमेडी शोको निर्माण सलमान खानको प्रोडक्शन हाउसले गर्नेछ । अर्को महिना १६ डिसेम्बरबाट कपिल सुटिङ पनि सुरु गर्दैछन् । पहिला कपिलको ब्यानरले नै शोको निर्माण गर्दै आइरहेको थियो । तर, ुफेमिली टाइम विद कपिल शर्माु को निर्माणको जिम्मेवारी च्यानलले अरुलाई नै दिएको थियो ।

मिड डेको रिपोर्ट अनुसार, कपिलको शोको लागि फिल्म सिटीको आठौं फ्लोरमा सेट पनि बनिरहेको छ । त्यही ठाउँमा उनले पुरानो सिजन सकाएका थिए । अर्को खुसीको खबर के छ भने १२ डिसेम्बरमा कपिल शर्मा जालन्धरमा आफ्नी प्रेमिका गिन्नीँ चतरथसँग बिहे गर्दैछन् । १४ डिसेम्बरमा रिसेप्सन पार्टी राखिएको छ ।

कपिलले आफ्नो विवाहको मिति कन्फर्म गर्दै आईएएनएससँग भने, ुबिहे १२ डिसेम्बरमा गिन्नीको होम टाउन जालन्धरमा हुनेछ । हामी यो समारोहलाई सादा राख्न चाहन्थ्यौं तर गिन्नी एउटै छोरी हुन्, यसकारण उनको परिवार धूमधामसँग गर्न चाहन्छन् । म उहाँहरुको भावना बुझ्छु । मेरी आमा पनि यही चाहनुहुन्छ ।ु

लामो समय विवादमा रहेपछि कमेडियन शर्माले आफूलाई लाइमलाइटबाट टाढा राखेका थिए । उनका फ्यान टिभीमा कमब्याकको प्रतिक्षा गरिरहेका छन् । विवादका कारण उनी निकै तनावमा पनि रहेका थिए । बिरामीका कारण उनको वजन निकै बढेको थियो । अब वजन घटाएर कमब्याकका लागि कपिल तयार छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja