थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै



दाङ, ११ कात्तिक ।

दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ ।

६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखाँै रुपैयाँ बचत गर्न सफल भएको छ । त्यसबाट थारू समुदायका महिला आर्थिक रूपमा सक्षम बन्दै गएका छन् ।

वन जङ्गलमा त्यसै खेर गइराखेका साल र मालुकाका पातहरू सदुपयोग गरी सामूहिक रूपमा दुना–टपरी उद्योग खोलेका भैस्सकोर्माका महिलाले त्यसैबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । अहिले सो उद्योगबाट आफूहरूले रु पाँच लाख २६ हजार बचत गर्न सफल भएको उद्योग सञ्चालक समितिले बताएको छ ।

सबै मिलेर खोलेको हुँदा सामूहिक कामले सफल गराउँदोरहेछ भन्ने विश्वास बढेको उक्त उद्योग सञ्चालक समितिले बताएको छ ।
सामूहिक रूपमा खोलिएको दुना–टपरी उद्योगबाट बचत भएको रकम सहुलियत दरमा गाउँमै ऋण लगानी गरेका छन् । समूहमा आबद्ध भएका महिलाले छोराछोरीको पढाइ खर्च, औषधि तथा घर खर्च आवश्यक परेमा पैसा निकालेर खर्च गर्छन ।आफूसँग पैसा भएपछि ल्याएर उद्योगमा दिन्छन् ।

समितीका अनुसार अहिले दुना–टपरीको माग निकै बढेको छ । गाउँघर वा शहरबजार जहाँ पनि दुना–टपरी निकै प्रयोग हुने गरेका छन् । तर पनि उद्योगका केही समस्या छन् । पहिला त पातहरू घर नजिकैका जङ्गलमा पाइन्थे तर अहिले तीन/चार घण्टा पैदल हिँडेर पात ल्याउनुपर्छ ।

त्यस्तै महिलाले खोलेको उद्योग भन्दै सामुदायिक वन र सङ्घ संस्थाबाट मेशिन पनि प्राप्त गरेका छन् । हेर्दा सामान्य लागेता पनि दुना–टपरी उद्योगबाट पनि लाखौँ कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । यी महिलाको सिको अन्य महिलाले पनि गर्ने हो कि ?

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja