‘छक्का पञ्जा ३’ को दुई हप्ते कमाई तेह्र करोड साठी लाख



पोखरा, ९ असोज ।

वर्ष २०७५ को मध्यान्तरसम्ममा सरदर ५० बढी फिल्म फिल्म रिलिज भइसकेका छन् । त्यसमध्ये २ वा ३ फिल्मले मात्र नाफा कमाए् । बाँकी फिल्मले लगानी सुरक्षित गर्न समेत सकेनन् । आधा वर्षमा निर्माताको करीब ८० देखि ९० करोड डुबिसकेको छ । वर्षको अन्त्यसम्ममा यो हिसाब अझै बढ्नेछ ।

ुरामकहानीु र ुइन्टु मिन्टु लण्डनमाु ले औसत व्यापार गर्दा वर्षको पहिलो हिट फिल्म बनेको थियो ुनाईं नभन्नू ल ५ु । यस वर्ष टाँट पल्टिएको नेपाली फिल्मको व्यापारलाई दशैंमा रिलिज भएका दुई ठूला फिल्म ुछक्का पञ्जा ३ु र ुजय भोलेु ले चलायमान बनाएको छ । दुवै फिल्मले लगानी सुरक्षित गर्न सफल भएका छन् ।

बुधवार निर्माता तथा निर्देशक अशोक शर्माले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर ुजय भोलेु मुनाफाको बाटोमा दौडिएको बताए । उनका अनुसार, फिल्मले पहिलो हप्तामा ३ करोडमाथि कमाइसकेको छ । यसैबीच घटस्थापनाबाट प्रदर्शनमा उत्रिएको ुछक्का पञ्जा ३ु को पनि दुई हप्ते कलेक्सन रिपोर्ट बाहिर आएको छ ।

निर्माण टिमका एक सदस्यले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, फिल्मले प्रदर्शनको दुई हप्तामा १३ करोड ६० लाख ग्रस कलेक्सन गरेको छ । २ करोड आसपासमा निर्माण भएको फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफातर्फ आफूलाई डोर्याएको थियो ।

प्रदर्शनको दुई दिनमा नै यो फिल्मले २ करोडमाथि कमाएको थियो । कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले फिल्मको कलेक्सनमा भरपुर साथ दिएको छ । अब यो फिल्म ुछक्का पञ्जाु को १६ करोडको एतिहासिक कलेक्सन रेकर्ड ब्रेक गर्ने दौडमा छ । सफल होला वा असफल रु यो भने हेर्न बाँकी छ ।

सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरिएको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । ुछक्का पञ्जा ३ु सँगै निर्देशक निरौलाले हिट फिल्ममा ह्याट्रिक मारेकी छन् । उनलाई अहिले शक्तिशाली महिला निर्देशकको भनिन थालिएको छ । ुछक्का पञ्जा ३ु ले पाँचदिने विकेन्ड पाएको थियो ।

फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

स्रोतः फिल्मीखबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja