अब एउटै फिल्ममा आमिर र दीपिका



पोखरा, ८ असोज ।

बलिउड अभिनेत्री दीपिका पादुकोणका लागि यो महिना खुसीको सौगात लिएर आएको छ । हालै उनले आफ्नो प्रेमी रणवीर सिंहसँग विवाह गर्ने घोषणा गरेकी थिइन् । अब उनीसँग जोडिएको एक खबर बाहिर आएको छ ।

दीपिका चाँडै बलिउडका मिस्टर परफेक्निशट आमिर खानसँग पहिलो पटक सँगै काम गर्ने भएकी छन् । बेवसाइट बलिउड लाइफका अनुसार, आमिर खानको नयाँ फिल्म ुमोगुलु मा मुख्य अभिनेत्रीको रुपमा दीपिकाको इन्ट्री हुन सक्ने प्रवल सम्भावना छ ।

हालैमा दीपिकाले आमिरको घरमा नै पुगेर भेट गरेकी थिइन् । यसपछि चर्चा सुरु भएको थियो कि दीपिका फिल्म ुमोगुलु को हिस्सा बन्न सक्छिन् । फिल्ममा दीपिका अनुबन्ध भने भइसकेकी छैनन् । तर, निर्माण टिमसँग मौखिक सहमती भएको भारतीय मिडियाहरुले बताएका छन् ।

दीपिकाले फिल्म साइन गरेपनि उनी आमिरको अपोजिटमा भने हुने छैनन् । पहिला यो फिल्म बलिउड सुपरस्टार अक्षय कुमारले गर्ने पक्का भएको थियो । तर, फिल्मका निर्माताको टी(सीरीजका मालिक भूषण कुमारसँग विवाद भएपछि अक्षयले फिल्म छाडेका थिए । यसपछि आमिर जोडिएका हुन् ।

यो फिल्म ुमि टुु मूभमेन्टका कारण पनि निकै चर्चामा रह्यो । यस फिल्मका निर्देशक सुभाष कपूरमाथि यौन उत्पीडनको आरोप लागेको थियो । यो सबै विवाद देखेपछि आमिरले पनि उक्त फिल्म छाडेका थिए । निर्माताले निर्देशक कपूरलाई हटाएपछि आमिर पुनः फिल्ममा भित्रिएका हुन् ।

स्रोतः फिल्मीखबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja